Home समाचार युनिस अन्सारीसहित चार पुर्पक्षका लागि थुनामा

Law Events

September 2010
M T W T F S S
30 31 1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 1 2 3
युनिस अन्सारीसहित चार पुर्पक्षका लागि थुनामा
News - समाचारहरु
Monday, 01 February 2010 03:52

नक्कली रुपैंयां कारोबारको आरोपमा समातिएका युनुस अन्सारी सहित अन्य चारलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायधिस माधबप्रसाद पोख्रेलको एकल इजलासले आइतबार अन्सारी, उनका सुरक्षागार्ड काशिराम अधिकारी र दुइ पाकिस्तानी नागरिकलाई पुपर्क्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पाकिस्तानबाट नक्कली भारु ल्याउने सज्जा मोहम्द खुराम र मोहम्मद इकवाल पनि थुनामा गएका छन् । उनीहरुलाई केन्दि्रय कारागार सुन्धारा पठाइएको छ ।

अनुसन्धान गर्ने निकाय काठमाडौ प्रहरीले पक्राउ परेका अन्सारी सहितको समूहलाई कडा सजाय गर्न मुलुकी ऐनको खोटा चलन अनुसार मुद्धा चलाएको थियो भने सरकारी वकिलको कार्यालयले थोरै सजाय गर्न नेपाल राष्ट्र बैकको ऐन बर्खिलाप काम गरेको अभियोगमा कम सजाय हुने गरी मुद्धा अघि बढाएको थियो ।

 अन्सारी सहतिको समूहलाई प्रहरीले एक महिना अघि नक्कली २५ लाख ४४ हजार भारु सहित शहरका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पाचँ जना बिरुद्ध मुद्धा चलेको भएपनि अर्का खोजी गरिएको अभियुक्त प्रकाश भण्डारी हालसम्म फरार छन् ।

साभार : कान्तिपुर

 
Banner
Copyright © 2010 legalnepal.com. All Rights Reserved.
Joomla! is Free Software released under the GNU/GPL License.