|
तोरणको बढुवालाई सर्वोच्च मान्यता |
|
News -
समाचारहरु
|
|
Monday, 25 January 2010 03:41 |
|
सर्वोच्च अदालतले रथी तोरण जंगबहादुर सिंहको बढुवालाई मान्यता दिएको छ। पुस १९ मा सर्वोच्चले जारी गरेको अन्तरिम आदेश न्यायाधीशद्वय रामप्रसाद श्रेष्ठ र तपबहादुर मगरको संयुक्त इजलासले आज खारेज गरेपछि सरकारले ९ पुसमा गरेको बढुवाले मान्यता पाएको हो। सर्वोच्चले अन्तिम सुनुवाइ नहुन्जेलसम्मका लागि सो अन्तरिम आदेश खारेज गरेको हो। तोरणको रिटमा अन्तिम सुनुवाइ फागुन ९ गते हुनेछ।
१९ पुसमा प्रधान न्यायाधीश अनुपराज शर्माको इजलासले सिंहलाई रथी रथि पदमा रही काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सिंहको बढुवा रोक्न १० पुसमा माओवादी केन्द्रीय सदस्य कृष्ण केसी, अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्मा र बिना मगरले सर्वोच्चमा रिट दायर गरेका थिए। साभार : नागरिक
|