Home कानूनी शब्दकोश

Law Events

September 2010
M T W T F S S
30 31 1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 1 2 3
Legal Nepal



अकर्ण

पुरानो कर्मचारीले नयाँ नियुक्त भई आएकोलाई आफ्नो जिम्मामा रहेको नगदी-जिन्सी कुनै निश्चित समयमा बुझाउने भनी सर्तसहित गराएको कबुलियतको कागज ।



अङ्ग पुगेको

मुद्दामा फैसला गर्न सम्पूर्ण प्रक्रिया पुगेको अवस्था ।



अचल सम्पत्ति

एक ठाउँबाट अर्को ठाउमा लैजान नसकिने घर जग्गा-जमिन लगायतका जायजेथा ।



अड्डा

कार्यालय ।



अदल

सदाचारको कानुन ।



अदालत

जनताबाट परेको उजुरी लिई कानुन अनुसार निर्णय गर्न राखिएको कार्यालय ।



अदालतको अवहेलना

अदालतको इज्जत प्रतिष्ठा नियम आदेश वा कारबाहीको अवज्ञा वा असम्मान गर्ने कार्य ।



अदालती

अदालत सम्बन्धी ।



अदालती बन्दोबस्त

अदालतको कार्यविधि व्यवस्थित गर्नका निमित्त मुलुकी ऐनमा व्यवस्था भएको एक परिच्छेद ।



अपिलाट

अपिल गर्ने व्यक्ति ।



अब्बल

असल, उच्च, उत्तम, श्रेष्ठ ।



अभियोग

कसै अड्डा अदालत समक्ष लगाइने अपराधको दोषारोपण, दोष, फरेब ।



अभियोग पत्र

कसैलाई सम्बन्धित कार्यालयबाट कुनै अभियोग लगाई जनाउ दिइएको वा लेखिएको पत्र ।



अभियोजन

कसैका उपर दोष लगाई फौजदारी मुद्दा लगाउने काम ।



अभियुक्त

कुनै पनि अभियोग लागेका मानिस ।



अमानत

ठेक्कामा नदिई सरकार वा हकदारबाटै निर्माण गर्ने प्रक्रिया चलेको रकम कलम ।



अमीन

जग्गा जमिनको नापजाँचको काम गर्ने सरकारी कर्मचारी ।



अधिकार

कुनै काम गर्न कानुनी रुपमा प्राप्त दाबी, हक, हैकम वा अख्तियार ।



अधिकार क्षेत्र

अड्डा अदालतले हक वा अख्तियारको प्रयोग गर्न पाएको सीमा ।



अधिकार प्रत्यायोजन

माथिल्ला तहका कर्मचारीले आफूमा रहेको हक तल्लो तहका कर्मचारीलाई दिने काम ।



अधिकृत

कुनै कार्यालयमा काम गर्न अधिकार पाएको व्यक्ति ( ना. ) काम गर्न अधिकार पाएको वा तोकिएको ( बि. )



अधिग्रहण

कसैको स्वामित्वमा रहेको जग्गा-जमिन कानुनी तरिकाले कब्जामा लिने काम ।



अधिया

जग्गा-जमिनमा हुने उब्जनी मोही र तल्सीङ बीचमा मा आधा-आधा बाँड्ने काम ।



अधिवास

राम्ररी बस्ने वा रहने ठाउँ ।



अद्यावधिक

हालसम्मको ।



अन्तरकालीन आदेश

अन्तिम आदेश वा फैसला हुनुभन्दा अघि अदालतले दिएको आदेश ।



अर्दली

अह्राएको सानोतिनो काम गर्ने तल्लो तहको कर्मचारी अदालत तर्फको पिउन पद ।



अर्जी

तारिख थाम्नका निम्ति दिइने निवेदन ।



अंश

दाजुभाइ वा अन्य अंशियारका बीच हुने जायजेथाको भागबन्डा, सो भागबन्डा अन्तर्गतको एक खण्ड ।



अंशछोडपत्र

अंश नलिने भनी गरिएको कागज ।



अंशबण्डा

पुर्ख्योली सम्पत्ति अंशियारहरुका बीचमा रहेकॊ बाँडफाँड गर्ने काम ।



अंसियार

कानुन अनुसार अंश पाउने व्यक्ति ।



अख्तियार

अधिकार, हक, शक्ति, हैकम ।



अख्तियारनामा

कसैलाई आफ्ना तर्फबाट काम गर्नु भनी लेखिएको कागज अधिकारपत्र वारिसनामा ।



अपुताली

छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा ।



अधिकारपृच्छा

कुनै व्यक्ति वा संस्थासँग कसैको अधिकार स्वतन्त्रता पद कुन अधिकार अन्तर्गत खोसिएको वा दाबी गरिएको हो भनी सोध्न उच्चतहको अदालतले दिएको लिखित आदेश ।



अधिवक्ता

मुद्दा गर्नेको तर्फबाट अड्डा-अदालतमा बहस पैरवी गर्न अधिकार प्राप्त व्यक्ति ।



अध्यादेश

विधायिका अङ्गको अधिवेशन नभएको बेला राष्ट्रमा कुनै ऐन बन्न आवश्यक देखिएमा राष्ट्र प्रमुखबाट विशेष अधिकारको प्रयोग गरी खास निश्चत समयका लागी जारी भएको ऐन सरहको मान्यताप्राप्त आज्ञापत्र ।



अनुसुची

ऐन कानुन बिधान वा सन्धिसम्झौतामा विस्तृत विवरण उल्लेख गरिने परिशिष्ट वा पूरक भाग ।



अन्तरिम

दुई भिन्न-भिन्न घटना बीचको समय ।



अपराध

कानुनको दृष्टिबाट गर्न नहुने काम ।



अभिवक्ता

अधिवक्ताभन्दा तल्लॊ श्रेणीको वकील ।



आमद

आम्दानी आय ।



अलिफार्से

तोकिकिएको म्यादमा पैसा फिर्ता गर्न नसके धितो अधिकार बिहिन भै साहुको ठहरिने गरी लेखीएको कागत ।



असूली

असुल



असामी

ऋण लिने मानिस ।



असुल उपर

लगाईएको रुपियाँ आफ्नो हात पार्ने काम ।



आँठा सरह

साँध सिमानाको जग्गा सरह मालपोत तिरो उब्जनी सन्दर्भमा ।



आत्महत्या

आफूले आफैंलाई हत्या गर्ने काम ।



आवाद

जमिन लाई खनजोत गरेर बालीनाली लगाउन सकिने बनाउनु वा बस्ती बसाउनु ।



आबादी

खनजोत गरिएको वा बस्ती बसेको ठाउँ ।



आदेश

उच्च अधिकारीबाट दिइने आज्ञा वा अर्होट ।



आयोग

कुनै निश्चित कामको स्वतन्त्ररुपमा निस्पादन गर्न खडा गरिएको एक वा अनेक व्यक्तिको समिति ।



आयुक्त

कुनै पनि आयोगका सदस्यको रुपमा नियुक्त मानिस ।



ओहदा

पद दर्जा ।



इच्छापत्र

आफ्नो स्वामित्वको चल अचल सम्पत्ति कुनै पनि व्यक्तिले पाउने गरी राजी-खुशीले लेखिदिएको कागज ।



इजलास

मुद्दाको सुनुवाइ हुदा न्यायाधीश बस्ने ठाउँ ।



ईजाजत

अनुमति वा मन्जुरी ।



इज्जत

आदर सम्मान ।



इतलायनामा

देवानी मुद्दामा प्रतिवादीलाई प्रतिवाद गर्न आउनू भनी अदालतबाट दिइने लिखित सूचना ।



इति

समाप्त अन्त कुनै पनि मुचुल्का वा निवेदन आदिमा त्यसको समाप्तिको जानकारी दिन प्रयोग गरिने शब्द ।



इन्कार

अस्वीकार, नामन्जुरी ।



इन्साफ

न्याय, निसाफ ।



ईलम

पेशा, व्यवसाय ।



ईलाका

कुनै निश्चत भूखण्ड ।



इलाज

शरीरको रोग निको पार्न गरिने उपचार ।



इमान धर्म

बक्दा-बकाउँदा सत्यवरमाथि आस्थाको संझना गराउने शब्द ।



ईवी

मनमा गुप्त रुपमा राखिएको ईख ।



ईवीलाग

मनसाय ।



ईवी अदावत

निहुँ ।



उकास

दबिएको चीजबस्तु मास्तिर आउने अग्लो हुने काम ।



उखडा

जग्गावालासँग भएको बोलकबोल बमोजिम किसानले जग्गावालालाई नगदी बुझाउने गरी कमाई आएको जग्गा ।



उजूर

आफूमाथि परेको अन्याय वा पीरमार्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम ।



उजुरवाला

उजुर गर्ने वा न्याय माग्ने मानिस ।



उजुरी

अधिकारी समक्ष पीरमार्का पोख्ने काम उजुर गर्ने काम ।



उत्प्रेषण

तल्लो तहका अदालत वा अर्धन्यायिक निकायले आफ्नो अधिकारक्षेत्र नाघी वा सोदेखि बाहिर गई कार्य गरेको अवस्थामा उच्चतहको अदालतबाट जारी गरिने आदेश



उद्योग

कुनै काम गर्ने प्रयास ।



उपदफा

ऐनको दफाभित्रको विषयवस्तुलाई विशेष रुपमा खुलाउँदै लेखिएको भाग ।



उपधारा

संविधान वा विधानको मूल धाराभित्रको धारा ।



उल्टी

उल्टनु ।



उल्टी फैसला

तल्ला अदालतबाट छिनिएको मुद्दा माथिल्ला अदालतबाट इन्साफ जाँच हुँदा उल्टाई भएको फैसला ।



एकाघर

अंश लिई भिन्न नभएको परिवार सगोल परिवार ।



ऐजन

माथि लेखिए झै ।



ऐन

कुनै विषयलाई व्यवस्थित रुपमा गर्न गराउन विधायिकद्वारा बनेको कानुनी व्यवस्था ।



ऐलानी

सरकारी स्रेस्तामा कसैको नाममा दर्ता नभएको जग्गा ।



कपट

मिसाबट हुने चिज ।



कपाली तमसुक

धितो नभएको वा भए पनि कारणवश धितोरहित हुन पुगेको तमसुकको एक किसिम ।



कबूल

मन्जुर गर्नु ।



कबुलियत

बाचा गरिएको कुरा लेखिएको कागज ।



कम्पनि

व्यवसायिक कारोवार संचालन गर्न कानुनी रुपमा संगठित मानिसहरुको समूह ।



कमोत

जमीनमा खन जोत गरी बाली लगाउने कार्य ।



कर

देशको राजस्वमा दाखिल हुने गरी नागरिकले सरकारलाई अनिवार्य बुझाउनु पर्ने रकम ।



करार

कुनै कार्य गर्न दुई वा दुईभन्दा बढी पक्षले लिखित रुपमा गरिएको कबुल वा प्रतिज्ञा ।



कर्तव्य

कानुनी मान्यता अनुसार गर्नुपर्ने कार्य / ज्यान लिने कार्य ।



कर्तव्यवाला

भवितव्य बाहेक जानाजान ज्यान लिने व्यक्ति ।



कलम

रकमको खण्ड ।



कल्याणधन

गाडिराखेको बेवारिस धन ।



कसुर

फौजदारी दोष अपराध ।



कसुरदार

कसुर गर्ने मानिस ।



कागज

लिखित प्रमाण तमसुक भरपाई आदि ।



कागजात

कागज वा पत्रहरुको समूह ।



कागतजाँच

अड्डामा पेश गर्न वा लेनदेनको व्यवहार गर्न तयार गरेको कागजातहरुको ढाँचा मिले नमिलेको जाँचबुझ गर्ने काम ।



कानुन

राज्य संरचनालाई सुव्यवथित ढंगले संचालन गर्न बनाएको ऐन नियमहरुको सँगालो ।



कानुनी

कानुन अनुरुपको ।



कायलनामा

अपराध कसुर वा गल्ती स्वीकार गरी अड्डा अदालतमा आई लेखिदिने कागत ।



कार्यकारिणी

कानुन कार्यान्वयन वा व्यवस्थापन गर्न स्थापित निकाय ।



कार्यालय

सरकारी वा व्यक्तिगत काम गर्न तोकिएको स्थान ।



कार्यापालिका

व्यवस्थापिकाले निर्माण गरेको कानुनको कार्यान्वयन गर्ने जिम्मा पाएको राज्यको एक प्रमुख अङ्ग ।



कारणी

कुनै काम वा घटनाको मुख्य कारक ।



कारवाही

कानुन अनुसारको प्रक्रिया ।



कारागार

कसुरदारलाई राख्ने ठाउँ ।



कारिन्दा

निजामती सेवातर्फको निम्नस्तरीय कर्मचारी ।



कालाबजार

कहिल्यै आवाद नगरिएको वा नफाँडिएको पुरानो र ठूलो घना जङ्गल ।



कित्ता

जग्गाको खण्ड ।



कित्ता काट

बेचबिखन गर्दा वा भाग छुट्याउँदा नापी कार्यालयले लिखत अनुसार पहिलेको कित्ता फोरी छुट्टाछुट्टै कित्ता कायम गरिने काम ।



कित्ता फोड

कित्ताकाट ।



किपट

पूर्वी नेपालमा लिम्बू जातिलाई नै प्रशासन गर्न दिएको जग्गा जमिन ।



किनारा

कुनै अड्डा अदालतमा परेको मुद्दा मामिलामा सम्बन्धित अदातलबाट हुने अन्तिम टुङ्गो ।



किल्ला

साँध सिमाना ।



कीर्ते

कागजातमा भएको व्यहोरा फरक पार्ने काम ।



कुत

मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने उब्जनीको निश्चित भाग ।



कुटपीट

कुट्नु वा पिटनु ।



कैद

झ्यालखानमा राखिने सजाय थुना ।



कैदी पूर्जी

थुनुवा पूर्जी ।



कैफियत

विशेष कुरा प्रस्टयाउन भनी कागजातको अन्तिम महलमा लेखिने व्यहोरा ।



कैफियत तलब

नबुझिएको कुरा स्पष्ट खुलाई जवाफ सम्बन्धित कार्यालयबाट बुझ्ने काम ।



कोर्ट फी

देवानी मुद्दा दर्ता गर्दा अदालतमा कानुन अनुसार लाग्ने दस्तुर ।



खजना

मालसामान राखिएको ढुकुटी भण्डार ।



खड्ग निसाना

राणा शासनकालमा प्राईमिनिष्टरले कानुन जारी गर्दा लगाइने खड्गको चिन्हसहितको श्री ३ को हस्ताक्षर र छाप ।



खत

अपराध कसुर



खतबात

अड्डा अदालतबाट ठहरिएको कसूर ।



खती

अदालतबाट ठहर गरिएको कसूर अपराध ।



खती उपति

हानि नोक्सानी ।



खरखजाना

गोली बारुद लडाइँ सम्बन्धी हतियार ।



खर्क

गाईबस्तुको गोठ चलाउन र तिनीहरुलाई चराउनका लागि राखिएको बाँझो रैकर जमिन ।



खलल

चल्दै गरेको चलन भाँड्ने वा बिगार्ने काम ।



खस्ती-पर्ति

पहिले आबादी भएको तर पछि खोला पौरो आदिले पर्ती हुन आएको जग्गा ।



खानतलाशी

सरकारवादी फौजदारी मुद्दामा अनुसन्धानको क्रममा अपराधसँग सम्बन्धित दसी प्रमाण वा मालसामान प्राप्त गर्ने उद्देश्यले शङ्का लागेको ठाउँमा गई गरिने खोजबीनको काम ।



खान्गी

एक निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु ।



खान्गीदार

निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु पाउने व्यक्ति ।



खारिज

फेरी कि्रयान्वित वा लागु नहुने गरी निष्क्रिय गर्ने काम ।



खिचोला

कचिङ्गल मच्चाउने काम ।



खोटा चलन

कानुनको दृष्टिमा दोषयुक्त सामानको व्यवहार ।



खोटो

व्यवहार नचल्ने दाग लागेको ।



खोर

कारागार ।



गफलत

असावधानीबाट हुने गल्ली भूलचूक ।



गवाह

कुनै घटना देख्ने वा जान्ने मानिस साक्षी ।



गाथ

जीउ शरीर ।



गाली गोफ्ता

एक अर्काले परस्परमा गरिने गाली वा दुर्वाच्य ।



गिरफ्तार

कुनै पनि मानिसलाई सरकारद्वारा पक्राउ गर्ने वा कब्जामा लिने काम ।



गुठी

निश्चित जग्गा जमिन छुट्याई त्यसको उब्जनी वा बहालबाट आउने आम्दानीले देवताकॊ पूजाआजा आदि चलाइने परिवारिक वा सामुदायिक संस्था ।



गुठीयार

गुठीको काम गर्न सम्बन्धित मानिसहरुले स्थापना गरेको आधिकारिक संस्था ।



गुहार

विपत्ति पर्दा मद्दतको लागि पुकारिने शब्द ।



गोडायत

गाउँको चौकीदार ।



गोश्वारा धन

सगोलमा रहेको सम्पत्ति ।



गैर

विपरीत, विरुद्ध ।



गैर कानुनी

कानुनविरुद्ध वा कानुनद्वारा अनधिकृत व्यवहार वा आचरण ।



गैहृ

सबै, जम्मै ।



घरायस

घरैमा हुने वा गरिने ।



घरसार

घरमै बनाइएको लिखत ।



घा जाँच

कुटपिट गरेका अवस्थामा चिकित्सकद्वारा घाउचोटको रुप र अवस्था जाँच गराउने काम ।



घुसखोर

अनुचित र कानुनविरुद्ध कुनै वस्तु वा रकम व्यक्तिगत प्रयोजनका निम्ति लिने व्यक्ति ।



चमोट

विशेष किसिमका अपराधीलाई मात्र लगाइने छालाको नेल विशेष ।



चलसम्पत्ति

घरबारी खेत घडेरी आदि बाहेकका सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति ( सुनचाँदी, रुपैयाँ पैसा आदी ) ।



चलन

कुनै वस्तु भोग वा उपयोग गर्नु ।



चलनपुर्जी

कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज पट्टा आज्ञापत्र अधिकारपत्र ।



चलान

पठाउनु ।



चश्मदीद गवाह

कुनै घटना आफ्नै आँखाले देख्ने साक्षी ।



चारपास

राणाकालको दुई पासपछिको एक शैक्षिक स्तर ।



चाहार

वर्षाको पानीले मात्र खेती हुने सबैभन्दा तल्लो श्रेणीको जमिन ।



चोरी

मालधनीले थाहा नपाउने गरी माल लाने काम ।



चौपाया

चारखुट्टा हुने ।



चौहद्दी

चारैदिशाको हद वा सिमाना ।



छिनुवा

अड्डा अदालतबाट छिनिएको ।



छुटगुठी

तोकिएको जग्गाको आम्दानीबाट धार्मिक बन्दोबस्त वा पूजाआजा खर्च गरी बाँकी रहेको रकम गुठीका साचालकहरुले खान पाउने गुठी जग्गा ।



छोडपत्र

कुनै वस्तु वा सम्पत्तिप्रतिको आफ्नो अधिकार त्यागी गरिने कानुनी कागज त्यागपत्र ।



जग्गा

जमिन, भुई ।



जग्गा दपोट

हुँदा हुँदैको जग्गाजमिन लुकाई छिपाई भोगचलन गरेवापत लाग्ने अभियोग जग्गा दबाएको मुद्दा ।



जग्गाधनी

जमिनको हकदार जमिनको मालिक ।



जग्गाधनी प्रमाण पुर्जा

सम्बन्धित मालपोत कार्यालयबाट जग्गाधनीलाई प्रमाणका लागि दिइने कागत ।



जग्गा नापजाँच

नापीसम्बन्धी अड्डाले जग्गा जमिन नाप जाँच गर्ने काम ।



जग्गापजनी

जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने काम ।



जङ्गी

सेनासम्बन्धी ।



जनही

प्रत्येक ।



जनाउ

सूचित गर्नु जानकारी दिनु ।



जन्मकैद

जीवनभर थुनामा राख्ने सजाय ।



जफत

कुनै मालसामान मालिकबाट खोसेर सरकारले कब्जामा लिने काम ।



जमानत

धरौटी राखी छुट्ने काम ।



जमानी

कुनै व्यत्तिले दायित्व पूरा नगरे आफू गर्छु भनी जिम्मा लिने व्यक्ति वा त्यसका लागि तोकिएको सम्पत्ति ।



जमानी पत्र

जमानी बस्नेले म त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छु भनी लेखिदिने कानुनी तवरको कबुलियतनामा, कबोलपत्र ।



जमानबन्दी

आफ्नो कसूर स्वीकारी कसूरदारले लेखिदिने कागज कायलनामा ।



जमीन

जग्गा ।



जरिया

कारण ।



जरिवाना

नगद रुपैयाँ दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय नगद दण्ड डुड ।



जायजात

सरकारद्वारा कसैको स्वमित्वमा भएको सम्पत्ति दण्डस्वरुप लिने काम सर्वस्व गर्नेकाम, स्वामित्वहरण, सर्वस्व ।



जार

पोइल गएकी स्त्रीको पहिलो लोग्नेले नयाँ चाहिंलाई भन्ने शब्द ।



जारी

अर्काको स्वास्नीलाई राजी गराई आफ्नो घरमा ल्याई स्वास्नी बनाउने काम ।



जारी

ऐन कानुन वा आदेश सर्वसाधारणको जानकारीमा ल्याउने काम ।



जालसाजी

नभएका कुरा गरेको वा भएको भनी अङ्क मितिबेहोरा आदि फरक पारी लेखेर सहीछाप गरी कागज बनाई सम्बन्धित कार्यालयमा दर्ता गर्ने काम ।



जाहेर

प्रकट, सूचित ।



जाहेरवाला

जाहेर गर्ने, उजुर गर्ने, उजुरवाला, अवगत गराउने ।



जाहेरी

तल्लो तहका कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली ।



जिउनी

परिवारमा सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले अंशको सट्टा जीवननिर्वाहका लागि अरुभन्दा केही घटी वा बढी गरी लिएको सम्पत्तिको भाग ।



जिकिर

मुद्दाको बहस सिलसिलामा मुद्दाका पक्षहरुको मूख्य भनाइ ।



जिताउरी

मुद्दा मामिलामा जित भएको उपलक्ष्यमा अड्डामा बुझाउनु पर्ने रकम ।



जिन्सी

मालसामान ।



जिमीदार

भूमिसुधारपूर्व जग्गा जमिनको मालपोत उठाउने र नामसारी रजिष्ट्रेशनको अधिकार भएको पदाधिकारी ।



जिमीदारी

भूमिसुधार लागू हुनुभन्दा अघि भूमिकर उठाउने र जग्गा पास गर्ने काम स्थानीय व्यक्ति बाटै गराउने व्यवस्था ।



जिय

जीउ शरीर ।



जिरह

विपक्षी पक्षले साक्षीलाई सोधपुछ गर्ने काम ।



जिरायत

जिमिदारी प्रथा कायम हुँदा जिमीदारका खान्कीमा ठेकिएको जमिन ।



जिल्ला

स्थानीय प्रशासनको लागि बाँडिएको भूभाग गाउँ भन्दा ठूलो अंचलभन्दा सानो क्षेत्र ।



जुलुमी

अत्याचार गर्ने ।



जेथा

भएभरको श्रीसम्पत्ति ।



जेथा जमानी

कुनै व्यत्तिले गलत गरेमा आफ्नो कुनै निश्चित जेथाबाट बेहोरौंला भनी सहीछाप गरिएको जमानी कागज ।



जोताहा

हलो जोत्ने मानिस ।



जोरजुलुम

बल प्रयोग गर्ने काम ।



झगडिया

अदालतमा मुद्दा चलिरहेका रहेका पक्ष विपक्ष ।



झोरा

जगल फाँडी नया आबाद गरिएको जग्गा ।



झेलखाना

कारागार ।



टक

सिक्कामा लगाइने सरकारी छाप ।



टक्सार

सिक्का बनाउने वा ढाल्ने काम पाएको सरकारी अड्डा ।



टिकटवाला लिफा फारम

उजुर वा बिन्तिपत्र इत्यादि लेख्न लाग्ने दस्तुरसहितको सरकारी छाप लागेको फारम ।



ठग

छलकपट गरी अरुको धनमाल लिने काम ।



ठगी

ठग्ने कामकारवाही ।



ठहर

निश्चित हुने काम ।



ठाडो बयान

अदालतमा सिधै कुरा राख्ने काम ।



ठिंगुरा

दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन ।



ठेक्नु

निश्चित गरिनु ।



डाँका

हातहतियार देखाएर अरु मानिसको धनमाल जबरजस्ती गरी लाने काम ।



डिसमिस

सरकार वादी हुने बाहेकका मुद्दामा मुद्दा गर्ने पक्षले नै ताकिएको तारिख गुजारेमा कुनै निर्णय नदिई मुद्दाको प्रकि्रया नै समाप्त गर्ने काम ।



डोर

कुनै काम गर्न कार्यालयबाट स्थानीय तहमा खटिई जाने कर्मचारीको टोली ।



तजबिज

इच्छा विवेक ।



ततिम्वा

पहिलेको भएको बयान नपुगेर थप्दै गाँस्तै दोहोरो तेहेरो सोधपुछ गरेर लिइने वयान ।



तदर्थ

कुनै विशेष काममा लागि काम-चलाउ ।



तपसील

विस्तृत रुपमा उल्लेख गर्न मुद्दाको कागजातको अन्तमा राखिने खण्ड ।



तमसुक

ऋणीले साहुलाई आफूले ऋण लिएपछि प्रमाणस्वरुप लेखिदिने कागज ।



तमामी

समाप्ति ।



तलब

जवाफ दिनका निम्ति गरिने बोलावट ।



तलबाना

अदालतले साक्षीलाई बोलाउँदा लाग्ने दस्तुर ।



तलाशी

कसैको जिउ वा सामान खोलेर जाँच्ने काम ।



तहकीकात

कुनै मामिलामा हुने प्रारम्भिक जाँच पडताल ।



तहबील

रुपियाँ पैसा राख्ने सरकारी ढुकुटी ।



तहरिर

पुरानो चलन अनुसार निजामती कर्मचारीको हाकिमभन्दा मुनिको एक पद ।



तहसिल

उठतीपुठती वा असुलउपर गर्ने काम ।



तहसिलदार

सरकारी रकमकलम मालपोत आदि उठाउने वा असुलउपर गर्ने व्यक्ति ।



तातील

कार्यालय बिदा भएको दिन ।



तामेल

कामको समाप्ति ।



तायदात

सम्पत्तिको बिबरण वा लगत ।



तायदाती फारम

मिसिलको सारांश लेखिएको र मिसिलमै राखिने फारम वा कागज ।



तारीख

अड्डा अदालतबाट मुद्दाको पक्ष विपक्ष वा निजको वारिसलाई एक पटक हाजिर आएपछि पुनः हाजिर हुन आउनु भनी तोकिदिएको कागज ।



तालुक

कुनै चिजवस्तुको सम्बन्धमा सरकार वा वास्ता ।



तालुकदार

रैतीबाट मालपोत असुलउपर गरी मालमा दाखिल गर्ने र जग्गा जमीन सम्बन्धित काम गर्ने व्यक्ति ।



तिरो

जग्गाको पोत कुत वा बाली मालपोत भूमिकर ।



तिरोभरो

मोहिले तल्सिङ्लाई बाली तिर्ने काम ।



तेजारथ

रुपियाँपैसा, सुनचाँदी आदिको नगद, व्यापार, रोजगार ।



तोक

कुनै निवेदन वा दरखास्तको विषयमा उच्च अधिकारीबाट हुने आदेश ।



थाना

प्रहरीको कार्यालय ।



थुनछेक

थुन्ने र छेक्ने काम, बाधा, बन्देज, व्यवधान, छेकथुन ।



थुना

थुनिने काम, कैद ।



थुनुवा पुर्जी

कुनै पनि मानिसलाई मुद्दाको पुर्पक्षका निमित्त थुनामा राख्नुपर्दा कारण देखाई दिइने पुर्जी ।



थैली

जग्गा जमिन किनबेच गर्दा वा बन्धक राख्दा लिखतमा उल्लेख गरिएको रकम ।



दगा

रिस, ईवी ।



दण्ड

सजाय, जरिवाना, डाँड, यातना ।



दण्ड-सजाय

कुनै कसूर गरेबापत कानुनद्वारा निर्धारित सजाय ।



दपोट

सरकारी जमिनको कर पोत तिरो आदि नतिरी लुकाई छिपाई जग्गा मात्र भोगचलन गरी खाने काम ।



दफा

ऐनको विषय वस्तुलाई प्रष्टसंग उल्लेख गरि लेखिएको भाग ।



दर्खास्त

कुनै कामको माग गरी लेखेर दिइने पत्र निवेदन पत्र प्रार्थनापत्र ।



दरपीठ

अड्डा अदालतमा दर्ता गर्न लगिएका कागजपत्र दर्ता गर्न नमिल्ने भए अस्वीकार गरी सोही लिखतको पीठमा कारण लेखीने काम ।



दरबन्दी

कार्यालयमा तोकिएको पदको सीमा ।



दर्ता

अड्डा अदालतमा आएका कागजपत्रलाई आधिकारिक रुपमा रेकर्ड राख्ने काम ।



दर्ता किताव

कार्यालयहरुमा आएका कागजातहरुको मुख्य व्यहोरा खालेर दर्ता गराउने पुस्तिका ।



दर्तावाला

जग्गाजमिन आफ्नो नाउँमा दर्ता गराउने मानिस ।



दशौद

कुनै वस्तु वा सङ्ख्याको दस खण्डको एक खण्ड ।



दसी

अपराध स्थलमा भेटिएको प्रमाण लाग्ने माल सामान ।



दस्तखत

आफ्नो मन्जुरी जनाउन कुनै कागजातमा हातले लेखिएको आफ्नो नामको सही ।



दस्तूर

कानुन अनुसार लगाइएको रकम ।



दाइजो

विवाहमा बेहुलीका माइतीपट्टिले बेहुलीलाई दिएर पठाइने धनमाल ।



दाखिल खारेज

सरकारी स्रेस्तामा पुरानो जग्गावालाको नाम काटी नया व्यक्तिको नाउँ दर्ता गर्ने काम ।



दाखिला

कुनै सरसमान पेश गर्ने काम ।



दाता

बकसपत्र दिने वा गुठी राख्ने मानिस ।



दादै

भरपाई लेख्दा सुरुमा लेखिने शब्द ।



दानपत्र

कसैले कसैलाई कुनै सम्पत्ति दान गरी दिएको प्रमाणस्वरुप राखिने कागज गुठी ।



दानबकस

आफूलाई रिझाएबापत राजीखुसीले आफ्नो धनमाल वा जग्गाजमिन अरुलाई दिएर निजको हक गराइदिने काम ।



दामल

राणाकालमा प्रचलित, कुनै गम्भीर कसुरमा कसुरदारदाई 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय ।



दामासाही

कुनै सामूहिक रकम त्यसको हकदारहरुले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था ।



दायर

अड्डा अदालतमा मुद्दा मामिला दर्ता गरी गरी कारबाही थलानी गर्ने काम ।



दायरी

अदालतमा मुद्दा दर्ता गर्ने काम



दायरी किताब

अदालतमा परेका मुद्दाको जानकारी खुलाई लेखिने पुस्तिका ।



दायित्व

जवाफदेह जिम्मेवारी ।



दुनियाँ

सर्वसाधारण, जनता, जनसमुदाय ।



दुरुत्साहन

गैरकानुनी कार्य गर्न प्रोत्साहीत वा उकास्ने काम ।



दृष्टिबन्धक

कुनै अचल सम्पत्ति धितो राखी इच्छामाफिकको ब्याज दिन कबुल गरी यति भाकाभित्र साँवाब्याजसमेत नबुझाएमा सो धितोबाट असुल उपर गर्नू भनी लेखिदिने तमसुक ।



देवानी

फौजदारी बाहेक अन्य धनमाल वा पदसम्बन्धी मुद्दामामिला ।



देहाय

तपसिल निम्नअनुसार ।



दैया

व्यक्तिमा रहेको हक अधिकार वा दाबी ।



दैयादार

अंशीयार वा हकदार ।



दैवी

मानविय काबुबाहिरको घटना दुर्घटना ।



दोयम

मझौला खालका अब्बलभन्दामुनिको र सिमभन्दा माथिको जग्गाजमिन ।



धनजमानी

आसामीले बुझाउनु पर्ने रकम वा गर्नुपर्ने कामकुरा नगरेमा आफूले सो रकम बुझाउँला भनी गर्ने कबुल ।



धनी

मालिक स्वामी ।



धनी बोटी

मोहीले जग्गा धनीलाई बुझाउनु पर्ने उब्जनीको निश्चित भाग ।



धरौट

काम कुरो पूरा भएपछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु, सापट लिएका रुपियाँको जमानतस्वरुप राखिएको वस्तु, धितो ।



धरौटी

धरौट



धारा

संविधानको दफा ।



धर्मपुत्र

आफ्ना छोरा नहुनेले आफ्नै छोरासरह पालनपोषण गर्न कानुनको प्रकि्रया पुर्याएर ल्याएको अर्काको छोरा ।



धर्मपुत्री

आफ्ना छोरी नहुनेले आफ्नै छोरी सरह पालनपोषण गर्न कानुनको प्रकि्रया पुर्याएर ल्याएको अर्काको छोरी ।



धर्मलोप

गुठीको कुरा मास्ने काम ।



धितो बन्धक

सापटीका रुपमा रुपियाँ पैसा लिएबापत समयमा बुझाउन नसके साहु स्वयम्ले भोगचलन गर्ने र समयमा बुझाउन सके ऋणीले फिर्ता पाउने कबुल गरी राखिएको धरजग्गा गरगहना आदि ।



नकबजनी

घरको भित्तो फोरी सुरुङ खनी वा अबाटोबाट चोरी गर्ने काम ।



नक्कल

कागजातको दुरुस्त हुने गरी बनाईएको अर्को कागजात ।



नक्सा पास

घर बनाउन अघि तोकिएको सरकारी कार्यालयमा गएर नक्सा स्वीकृति गराउने काम ।



नजरबन्द

कुनै निश्चित क्षेत्र वा ठाउबाट बाहिर आउन नपाउने गरी थुन्ने काम ।



नजिर

कुनै मुद्दाको सन्दर्भमा देशको उच्च अदालतले दिएको अनुसरण गर्न लायक सिद्दान्त ।



नम्बरी

नम्बर लागेको ।



नरघटी

नापीमा पहिलेको भन्दा घटेको जमिनको क्षेत्रफल ।



नरबढी

नापीमा पहिलेको भन्दा बढेको जमिनको क्षेत्रफल ।



नरमगरम

जग्गा जमिन वा कुनै सामानको भागबन्डा लगाउदा राम्रो र नराम्रो दुबै कुरा पर्ने गरी मिलाने काम ।



नसियत

अव आइन्दा यस्तो काम नगर्नु भनी दिइने चेताबनी ।



नागरिक

कनै देशको सदस्यता पाएको व्यक्ति जसले राज्यबाट अधिकार प्राप्त गर्दछन् ।



नागरिकता

नागरिक हुनुको भाव ।



नाप

कुनै चिज वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदि नाप्ने, जोख्ने काम ।



नाप नक्सा

जग्गा जमिनको लम्बाइ, चौडाइ नाप्ने र त्यसको नक्सा खिच्ने काम ।



नाप मुचुल्का

जग्गाको नाप जाँच गरी सो कुरा उल्लेख गरी लेखीएको कागज ।



नाबालक

कानुनी उमेर नपुगेको व्यक्ति ।



नामसारी

एकाको नाममा रहेको चलअचल सम्पत्ति अरु कसैको नाममा सार्ने वा दर्ता गर्ने काम ।



नामावली

नामहरुको सूची ।



नालिस

अदालत समक्ष गर्ने रीतपूर्वकको फिराद वा उजुरी ।



नासो

चाहिएका बेलामा फिर्ता लिने गरी कसैलाई विश्वासपूर्वक राख्न दिइएको नगदी वा जिन्सी सामान ।



निकासा

रकम वा अधिकारबारे माथिल्ला तहबाट तल्ला तहलाई दिइएको स्वीकृति ।



निखन्ने

बेचिसकेको वा दानबकस दिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिने काम ।



निलम्बन

कुनै पदाधिकारी वा कर्मचारी उपर छानबिन गर्न बेही समयसम्म पदबाट अधिकारविहीन गरिने कार्य ।



नियत

इरादा मनसाय ।



नियम

ऐनले दिएको अख्तियार प्रयोग सो ऐनको लक्ष्य पूरा गर्न गरी बनाइएको कानुनी व्यवस्था ।



नियमावली

नियमहरुको सँगालो ।



नियुक्त

काममा लगाइएको भर्ती गरिएको ।



निवेदन

विनम्र भनाइ, अनुरोध याचना ।



निवेदनपत्र

कुनै किसिमको निवेदन वा प्रार्थना लेखिएको कागज ।



निषेधाज्ञा

कुनै काम हने आशंका देखिएमा त्यसबाट हानि हुनसक्ने पक्षले रोक्का गर्न मा गर्दा अदालतबाट हुने रोक्का आदेश ।



निस्सा

प्रमाण, चिनो ।



निर्देशिका

नियमावलीको उद्देश्य पूरा गर्नका लागि अधिकार प्राप्त निकायबाट बनाई जारी गरिएको कानुनी व्यवस्था ।



नेल

कैदीको गोडामा लगाइने एक किसिमको फलामे वस्तु ।



न्याय

काम कुरा गर्दा हुने उचित र मनासिब कुरा ।



न्यायपालिका

कानुनको परिपालना भए नभएको जाँच्ने राज्यको प्रमुख अङ्ग ।



न्यायाधीश

अदातलमा परेको मुद्दामा निर्णय दिने मानिस ।



पक्राउ

कुनै सामान वा मानिस कब्जामा लिने काम ।



पक्राउ पुर्जी

मानिसलाई पक्राउ गर्दा पक्राउ गर्नुपरेको कारण लेखिएको पुर्जी ।



पजनी

सरकारी कर्मचारीहरुको सरुवा, बढुवा, थमौती आदि गर्ने काम ।



पाचकृति मोल

पाच भलाद्मीले ठहर्याएको मोल ।



पटवारी

जिमिदारको सहायकको रुपमा रही जग्गा जमिन र हरहिसाबको विवरण राख्ने पदाधिकारी ।



पट्टा

कुनै पनि ठेकदारलाई काम गर्न दिएको अधिकारपत्र ।



पन्जापत्र

आफूमा निहित राजकीय अधिकार अरु कसैलाई दिन श्री ५ को महाराजाधिराज बाहुलीद्वारा दिइने सिँदुर रङको छाप लगाई बक्स हुने कागज ।



परमादेश

सरकारी कार्यालयहरुलाई कुनै काम गर्न वा नगर्नका निम्ति उच्च तहको अदालतले दिने आदेश ।



पर्चा

मुद्दा मामिलाको टिप्पणी ।



पर्चा खडा गर्नु

आदेश गर्ने पर्चामा अधिकार प्राप्त अधिकारीबाट आदेश लेखी सहीछाप गर्ने काम ।



पर्ति

आबाद वा खनजोत नभएको जमिन ।



पारित

कुनै सभा सम्मेलनमा पेश गरेको प्रस्तावलाई सभासम्मेलनले स्वीकृति दिने काम ।



पाखा

भिरालो जग्गा जहाँ पानी अडिदैन ।



पास

परीक्षा ।



पासवाला

पढेर पास हुने मानिस ।



पुनरावलोकन

उच्चतहको अदालतबाट फैसला भइसकेको विषयमा पुनः हेरिदिने प्रकि्रया ।



पुनरावेदन

तल्लो अदालतबाट फैसला भइसकेपछि हार्ने पक्षले चित्त नबुझेको कुराको बुँदासहित माथिल्लो तहको अड्डा अदालतमा पेस गरिने प्रार्थनापत्र ।



पुर्नवास

घरवासविहीनलाई घरजग्गा दिई बसाउने काम ।



पुर्पक्ष

अदालतमा आएको मुद्दाको कारबाही ।



पूर्ण इजलास

तीन वा सो भन्दा बढी न्यायाधीशहरुको इजलास ।



पेच

झन्झट बखेडा ।



पेटवोली

निवेदनपत्र फिरादपत्र प्रतिउत्तरपत्र आदिको मूल व्यहोरा लेखिएको भाग ।



पेवा

घरतर्फका नातेदार वा इष्टमित्रले मन्जुरी गरी दिएको र त्यसबाट बढेबढाएको धनमाल ।



पेश

कुनै मानिस वा कागजात प्रस्तुत गर्ने काम ।



प्रकाश

लुकेर बसेको कुरा सार्वजनिक गर्ने काम ।



पेसी

सुनुवाइका लागी अदालतमा न्यायधीशसमक्ष पेस गर्न लैजाने दिन ।



पैरवी

मुद्दा मामिलाको कुनै एक पक्षको तर्फबाट अदालतमा अदालती कार्यमा सहयोग गर्ने काम ।



पोत

जग्गाधनीले सरकारलाई तिर्ने कर तिरो ।



पोलाहा

अर्काको पोल लगाउने ।



पोल्नु

अपराध अनुसन्धान गर्न पर्काउ परेको मानिसले अरुलाई पनि मुछने काम ।



पोस्ती

मिसिलभित्र रहेका कागजको विषय खाली ढकनको रुपमा राखेको कागज ।



प्रगन्ना

धेरै मैजा मिलाई बनाएको भूभाग ।



प्रतिउत्तर

फिरादपत्रमा लिईएकॊ दाबीबाट फस्रद पाउनका निम्ति प्रतिवादी पक्षले अदालतमा दिइनॆ जवाफी कागज ।



प्रतिवादी

मुद्दामामिलामा दाबीका कुराको विरोधमा उत्तर दिने व्यक्ति वा संस्था ।



प्रतिषेध

कुनै काम अधिकार क्षेत्र बाहिर गई कुनै संस्थाले गर्न लाग्दा सर्वोच्च तहको अदालतबाट रोक्न दिने आदेश ।



प्रत्यायोजन

कुनै वा सवै अधिकार कुनै व्यक्ति वा कार्यालयलाई हस्तान्तरण गर्ने काम ।



प्रत्याह्वान

निर्वाचनमा छानिएका प्रतिनिधि उपर अविश्वास भएमा निर्वाचन समूहले फिर्ता बोलाई पदच्युत गर्ने कार्य ।



प्रमाण

कुनै विवादित वस्तुलाई ठीक हो भन्नका लागि पेश गरिएको साधन ।



प्रमाणित

प्रमाणबाट सिद्द भएको अवस्था ।



प्रशासन

अड्डा अदालतको निरीक्षण र समाधन गर्ने काम ।



प्रस्तावना

कुनै कार्य वा उद्देश्यका निम्ति उठाइएको प्रसङ्ग प्रस्तुत गरिने वा गरिएको कुरोको चर्चा ।



प्राङ्न्याय

एक मुद्दा एकपटक निर्णय भइसकेको सोही अदालतमा पुनः मुद्दा चलाइनेछैन भन्ने सिद्धान्त ।



फट्टा

कुनै लिखतलाई प्रभावहीन बनाउन च्यात्ने काम ।



फजुल

व्यर्थ, बिनाकामको ।



फरार

कुनै अपराध गरेर बेपत्ता भएको ।



फरेव

दोषआरोप, फतुर ।



फर्छ्योट

आपसी व्यवहार मिलाउने काम ।



फाँट

कार्यालयको खण्ड हिस्सा वा विभाग ।



फाँटबारी

सूची, विवरण, फेहरिस्त ।



फाँटवाला

कार्यालयको विभिन्न फाँटमध्ये कुनै एक फाँटको जिम्मा लिएको व्यक्ति ।



फाजिल

चाहिने भन्दा बढी ।



फिरादपत्र

मर्का परेको कुरा लेखी अदालतमा कानुनी कारबाहीका निम्ति पेश गरिने कागज, नालिसपत्र, इजहार



फुकुवा

छुटकारा पाएको



फुकुवा पुर्जी

कुनै काम गर्न लागेको रोक्का फुकाउन जारी भएको पत्र ।



फुल कोर्ट

प्रशासनिक कामको लागि सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित भई बसेको सभा ।



फुलबेन्च

प्रधान न्यायाधीश समेतको तिन वा सो भन्दा बढी न्यायाधीश सामेल भएको इजलास ।



फेहरिस्त

कुनै चिजको सूची विवरण ।



फैसला

अदालतले मुद्दाको विवादमा गरेको निर्णय ।



फौजदारी

अपराधसम्बन्धी ।



बकपत्र

मुद्दामा वादी वा प्रतिवादीका साक्षीले बकेको कुरा लेखिएको कागज ।



बकसपत्र

खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गाजमिन आदि दिएर गरिने कागज ।



बक्साउनी

मुद्दाका पक्ष विपक्ष बीच मिलापत्र गरे वापत लाग्ने सरकारी दस्तूर ।



बण्डा

धन सम्पति अंश लगाएर बाँड्ने काम ।



बदनियत

नियत खराब भएको स्वार्थ तथा नीच विचारबाट अरुलाई धोका दिनॆ मनसाय भएको बेइमान धोकेबाज ।



बदर

अस्वीस्कृत भएको ।



बन्द

कुनै पनि लिखत लेख्दा प्रत्येक कागजको अन्त र अर्को कागजको शुरु ।



बन्दसबाल

अड्डाबाट टाढाको बसेका पक्ष वा साक्षीलाई प्रश्न लेखेर नजिकको अदालतलाई बकपत्र गरी पठाई दिनु भनी लेखी पठाइने कागज ।



बन्दीप्रत्यक्षीकरण

थुनामा परेका मानिसलाई आफू समक्ष उपस्थित गराउन अदालतले दिएको आदेश ।



बन्धक

ऋण लिएपछि सो चुक्ता नगरुन्जेल ऋण दिनेकोमा राखिनॆ धनमाल ।



बयान

अभियुक्त वा साक्षीले कसुर वा विवादका सम्बन्धमा अदालतमा दिएको वर्णन ।



बरबुझारथ

आफ्नो जिम्मामा रहेको सरसमान हकवालालाई बुझाउने काम ।



बरामद

चोरिएको वा लुकाइएको मालसामान फेला पर्ने काम ।



बर्खास्त

खोसुवा, खारेज ।



बहस

अड्डा अदालतमा छलफलमा मुद्दाका पक्षहरुको तर्फबाट गरिने छलफल तर्क-वितर्क ।



बहाल

पहिलेकै पदमा रहने वा कायम हुने काम ।



बहालवाला

कुनै पदमा साधिकार रहेको ।



बही खाता

आम्दानी-खर्च लेख्ने खाता वा किताब ।



बाँकी बक्यौता

उठाउन वा असुल गर्न बाँकी रहेको रकम ।



बाँधा

ऋण लिएबापत सो ऋण नकटुन्जेल घरको नोकर बनाई राखेको मानिस ।



बातिल

रद्द वा बाहेक गरिनु ।



बालुबुर्ज

बालुवा पसेर बिग्रिएको जमिन ।



बिगो

कसैले कसुर वा नोक्सान गरेको धनमाल वा सो धनमालमा नोक्सान गरे बापत दाबी गरिएको निश्चित रकम ।



बिर्ता

सरकारलाई तिरोभरो गर्नु नपर्ने वा केही मालपोत तिरी खान पाउने गरी पाएको सबै खालको जग्गा ।



बिसौद

बीस भागको एक भाग ।



बेइमानी

छलकपटलको व्यवहार ।



बेकसुर

कसुर नभएको निर्दोष ।



बेठ बेगार

ज्याला नपाई काम गर्नुपर्ने प्रथा ।



बेपत्ते

पत्ता वा ठेगान नभएको ।



बेवारिस

कसैको जिम्मा वा जानकारी नभएको ।



बेरीत

रीत वा काइदा नपुगेको ।



बेबारिस

मालधनी वा हकवाला नभएको



भत्ता

तलब बाहेक अन्य कुराका लागि दिइने रकम ।



भरपाई

कुनै सामान जिम्मा लिनेवालाले दिनेवालाई प्रमाणका लागि लेखेर दिइने कागज ।



भरिभराउ

भराउने तिराउने काम ।



भवितव्य

पहिले कल्पना वा अनुमान नभई अकस्मात भएको घटना ।



भाखा

कुनै काम पूरा गर्ने समयको कबुल ।



भाखापत्र

निश्चित समयभित्र कुनै काम गर्न लिएको रुपियाँ तिर्न कबुल गरी लेखिएको कागज ।



भूस

प्राप्ति नहुने लगानी डुब्ने ।



भेषधारी

जोगी, सन्यासी ।



भोग

उपयोग गर्नु, चलाउनु ।



भोगबन्धक

सापटी लिएको रुपैयाँ नतिरेसम्म सो रुपैयाँको सट्टा कुनै चिज वस्तु भोगचलन गर्न भनी लेखिएको तमसुक ।



भीट

एक प्रकारको पाखो जग्गा ।



मगज बिग्रनु

पागल हुनु वा बौलाउनु ।



मजबुन

कुनै लेख वा अनुच्छेदको सारांश ।



मजुरी

मजदुरी ।



मतलब

आशय, अभिप्राय, तात्पर्य ।



मन्जुरनामा

कुनै काममा राजीखुशी भएको जनाउन लेखिने कागज ।



मस्यौट

सरकारी धनमाल तहबिल आदि मास्ने काम हिनामिना ।



मिसिल

मुद्दा मामिला सम्बन्धी कागजपत्र एकसाथ नत्थी गरी राखिएको अबस्था ।



मातहत

अधीन वा नियन्त्रणमा रहेको ।



मतियार

नराम्रो काम गर्नेलाई सहयोग पुर्याउने मानिस, अपराध गर्न अर्कासँग मिलेको मानिस ।



मद्दतगार

अर्कालाई सघाउने मानिस ।



मध्यस्थता

मुद्दा मामिला गर्नेहरुको बीचमा बसेर मुद्दा मिलाउने काम ।



माथवर

पत्यार गर्न सकिने, भरपर्दो, विश्वासी ।



मानाचामल

जीवन निर्वाहका निम्ति दिइने खर्च ।



मानो छुट्टिनु

अंशबन्डा नभए पनि भिन्नै घर व्यवहार गरी बस्नु ।



मानो जोरिनु

मानो छुट्टिएको वा अंश भएपछि पुनः मेलमिलाप गरी एकै ठाउँमा बस्ने काम ।



माफिक

बमोजिम अनुसार ।



मालपोत

जग्गावालाले सरकारलाई बुझाउनु पर्ने जग्गा जमिनको भूमिकर तिरो ।



मिनाहा

असुर-उपर गर्नुपर्ने रकम छुट वा माफ दिने काम।



मिनहा मोजरा

अड्डा अदालतको आयव्ययको हिसाबमा केही रकम अपुग वा घटीबढी भएमा केही माफ दिने र केही कट्टा गर्ने काम ।



मिलापत्र

अड्डा अदालतमा मुद्दा परिसकेपछि मुद्दाका पक्षहरुले परस्पर मिली आएमा लेखिदिएको सम्झौताको कागज ।



मिन्है

मिनाहा गरिएको ।



मुकरर

निश्चय निधो ।



मुकाम

बसाइ ।



मुलुक

देश ।



मुलुकी

मुलुकको ।



मुख मिल्नु

मुद्दाका पक्षहरु सहमत भएको कुरा ।



मुखसाबित

मुखले अपराध स्वीकार गरेको ।



मुचुल्का

अड्डा अदालतबाट भएको काम कारबाहीको बयान गरी लेखिदिएको कागज ।



मुद्दती पर्ती

धेरै अघिदेखि आवाद-कमोद नभएको पर्ती जमिन ।



मुद्दा

अदालतमा गएको विवाद ।



मुलतबी

स्थगित ।



मृत्युदण्ड

ज्यान सजाय प्राणदण्ड ।



मोजरा

आंशिक छुट ।



मोठ

जग्गैपिच्छेको कित्ता छुट्टिने गरी तयार पारिएको लगत दर्ताकिताब ।



मोही

कुत तिर्ने सर्त वा कबुल गरी अरुको जग्गा कमाउने मानिस ।



मोहीबोटी

मोहीले पाउने उब्जनीको हिस्सा ।



मोहियानी हक

जग्गा कमाए बापत कानुन अनुसार मोहीले पाउने अधिकार ।



मौका तहकिकात

मौका वा समयमै घटनास्थलमा गई गरिने खाजतलास ।



मौजा

गाउँ ।



म्याद

कुनै काम कुराका निम्ति तोकिएको समयावधि अन्तिम मिति हद सीमा ।



म्यादी

म्याद तोकिएको अस्थाई ।



म्याद-पूर्जी

वारेण्ट जारी हुँदा फेला नपरेका अभियुक्तका हकमा हाजिर हुन भनी अदालतबाट जारी भएको पूर्जी ।



याम

काल समय ।



रकम

धन सम्पत्ति / सरकारी कर्मचारीलाई जग्गामा तिरो नलाग्ने वा आँठाभन्दा कम लाग्ने व्यवस्था ।



रकमान्तर

एक शीर्षकलाई भनी छुट्याइएको रकमलाई अर्को शीर्षकमा सार्ने काम ।



रजिष्ट्रार

सर्वोच्च अदालतको कार्यालयको प्रशासनिक कार्य गर्न जिम्मेवारी पाएको व्यक्ति ।



रजिष्ट्रेशन

जग्गा घर संघ-सस्था उद्योग प्रकाशन आदिलाई कानुनी प्रक्रियाबाट दर्ता गर्ने काम ।



रहजनी

बाटाघाटाको एकान्त ठाउँमा ढुकी मौका पारेर डाँका गर्ने काम ।



रमाना

प्रस्थान भ्रमण ।



रमाना पुर्जी

प्रस्थान गर्न दिएको पुर्जी ।



रसीद

कुनै सामान दिई रकम बुझेपछि प्रमाणका लागि दिइने पुर्जी ।



राजगुठी

विभिन्न देवीदेवताको पूजाआजा र मठ मन्दिरको सम्भारमा खर्च गर्न सरकारले राखेकॊ गुठी ।



राजपत्र

जनतालाई सुसूचित गराउन सरकारी सूचना र ऐन नियमको प्रकाशन गर्ने पत्रिका ।



राजस्व

राज्यको आम्दानी ।



राय

मत मनको कुरा विचार ।



रायबाजी

बिचारको वा दृष्टिकोणको भिन्नता ।



राष्ट्रिय गान

विशेष समारोहमा बजाउन र र राष्ट्रप्रति भक्तिभाब देखाउन जनताबाट अनुमोदीत गीत वा लय ।



रुक्का

थिति बाँध्नका लागि राणाशासनभन्दा पहिले श्री ५ को र राणाशासन सुरु भएपछि श्री ३ को बोली पारी कमाण्डर-ईन-चिफको छाप वा दस्तखत भएको हुकुम ।



रुजु

सक्कल प्रतिसँग नक्कलप्रति भिडाएर हेर्ने काम जाचबुझ ।



रोह

सिलसिला ।



रोहवर

सामुन्ने समक्ष ।



रोक्का

रोक वा बन्देज लगाउने काम ।



रोक्का पुर्जी

कुनै भई रहेको कामकारबाई नगर्न भनी सम्बन्धित सरकारी कार्यालयबाट लेखिने पुर्जी ।



रिट

अदालतद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आदेश ।



रैकर

सर्वसाधारणले सरकारलाई तिरो तिरेर कमाउन पाउने जग्गा ।



रैतान नम्बरी

बिर्ता वा गुठीबाट रैती वा किसानको नाम दर्ता भएको जमिन ।



रैति

अरुको जग्गा कमाउने व्यक्ति ।



लगत

नगद वा जिन्सी माल सामानको विवरण सहितको सूची ।



लखबन्धक

बन्धकमा लिएर भोग गरेको घरजग्गा आदि पुनः अरुलाई सारी दिएको बन्धक ।



लहना

वाणिज्य व्यवसाय सापट आदिमा ब्याज मुनाफा आउने गरी रुपैयाँपैसा लगाउने काम ।



लापरवाही

मुनासिवमाफिकको होशियारी नदेखाउने कार्य



लालमोहर

ऐनको रुप लिने विधेयकमा लगाइने श्री ५ महाराजधिराजको मोहर वा छाप ।



लालपुर्जा

जग्गाधनीलाई प्रमाणको लागी विवरण खुलाएर दिइने कागत ।



लाशजाँच-मुचुल्का

लासजाँच गरी मृत्युको कारण र अन्य विवरणसमेत लेखिएको कागज ।



लिखत

मानिसहरुबीच लेनदेन व्यवहार गर्दा प्रमाणको लागि लेखिनॆ कागज तमसुक राजीनामा बकसपत्र आदि ।



लिखत पास

जग्गाजमिन आदिको बेचबिखन वा लेनदेनसम्बन्धी कागजपत्रसम्बन्धित अड्डामा पास गराउने काम ।



लिखितम

लेखिएको ।



लिखत बदर

सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था ।



लिखितम्

तमसुकका सुरुको बेहोरामा आफू लिखित रुपले सम्बद्ध रहेको जनाउने शब्द ।



लिफा

दायाँबायाँ औंठाछाप र सहीछाप गरिएको खाली कागज ।



लिलाम

कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिनॆलाई माल बिक्री गर्ने काम ।



लुटपीट

लुटने पिटने काम ।



लेखनदास

अड्डा अदालतमा चाहिने साधारण लिखत तयार गर्ने मानिस ।



लेखोट पूर्जी

सरकारी कामको सन्दर्भमा लेखिने कागत ।



लेनदेन

कुनै वस्तु आपसमा लिने दिने काम आदानप्रदान ।



ल्याप्चे

औंठामा छापमसी दलेर शङ्ख चक्रको चिन्ह प्रष्ट देखिने गरिने सहीछाप ।



वतन

घर वा डेरा लिई बसोवास गरेको ठाउँ ।



वकालत

मुद्दामा वादी प्रतिवादी प्रतिनिधि भई बहस गर्ने काम ।



वकालतनामा

मुद्दामा बहस पैरबी गर्न कसैलाई दिइने अधिकारनामा वा मन्जुरनामा ।



वकिल

मुद्दाका पक्षको प्रतिनिधि भएर अड्डा अदालत गई वकालत गर्न अधिकार पाएको व्यक्ति ।



वादी

मुद्दा दायर गर्ने वा नालिस दिने व्यक्ति ।



वारेस

मुद्दामामिलामा कुनै पक्षका तर्फबाट अड्डा अदालतमा हाजिर हुन अधिकार पाएको मानिस ।



वारेन्ट

कुनै काम गर्न अड्डा अदालतबाट मातहतका कर्मचारीलाई सुम्पिएको लिखित रुपमा दिएको अधिकारपत्र ।



वारिसनामा

कुनै कामकुराको लागि वा मुद्दामामिलाको पैरवी गर्नका लागि वारिस पठाउँदा प्रमाणस्वरुप लेखेर दिइने कागजपत्र वा लिखत ।



विघटन

कुनै पनि संगठित संघ संस्थालाई कानुनी रुपबाट अन्त वा समाप्त गर्ने काम ।



विधेयक

ऐन बनाउनका लागि व्यवस्थापिकामा प्रस्तुत गरिने ऐनको प्रारुप वा मस्यौदा ।



विभागीय कारबाही

कर्मचारीलाई विभागीय प्रमुखबाट गरिने सजाय ।



विनियम

कुनै संघ संस्थाहरुको ऐन वा बिधान अनुसार बनेको कानुनी व्यवस्था ।



विनियोजन

छुट्याउने काम ।



विबन्धन

एक पटक कुनै काम गरी वा भनी फाइदा उठाई सकेपछि अर्को कुरा भन्न वा व्यवहार गर्न नमिल्ने कानुनको सर्वमान्य सिद्दान्त ।



विवाह

महिला र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक सामाजिक कार्य ।



विवाहबारी

विवाहको सम्बन्ध ।



वेरुजु

आर्थिक कारोबार रुजु गर्दा नमिलेको रुजु नगरिएको वा नभएको ।



व्यवस्थापिका

ऐन कानुन बनाउने राज्यको प्रमुख अङ्ग ।



व्यहोरा

कागजातको मूल विषय विषयवस्तु ।



शपथ

किरिया खाने वा प्रतिज्ञा वचनबद्धता व्यक्त गर्ने काम ।



शपथ-ग्रहण

कुनै पनि पद ग्रहण गर्नुअघि सो पदवाला मानिसले इमानदार रही सेवा गर्न वचनबद्धता व्यक्त गर्ने काम ।



शुभम

लिखतको अन्तमा लेख्नुपर्ने मंगल सूचक शब्द ।



षड्यन्त्र

अरु कसैको अनिष्ट गर्ने उद्देश्यले गुप्त रुपमा गरिदै गरेको तयारी अवस्था ।



स्रेस्तेदार

तल्लो तहका अदालतमा प्रशासनिक काम हेर्ने प्रमुख कर्मचारीवर्ग ।



संयुक्त इजलास

दुई वा दुईभन्दा बढी न्यायाधीशहरुको इजलास ।



संरक्षक

असमर्थ व्यक्तिको जिउ वा सम्पत्ति वा दुवैको हेरचाह गर्ने व्यक्ति ।



संविधान

राज्यको साचालन गर्न स्वीकार गरिएको मूल सिद्दान्तहरुको दस्तावेज ।



संशोधन

संविधान र ऐनमा थपघट गरी सुधार गर्ने काम ।



संहिता

व्यवस्थितरुपमा मिलाइएको नियम कानुनहरुको सँगालो ।



सकार

कुनै कुरा वा मुद्दा मामिला स्वीकार गर्ने काम ।



सकारनामा

कुनै कुरा स्वीकार वा कबुल गरी कानुनबमोजिम लेखिने कागज मन्जुरनामा ।



सजाय

क्रनै अभियोग प्रमाणित भएपछि दोषीलाई दिइने शारीरिक वा आर्थिक कष्ट ।



संचित कोष

सरकारलाई कानुन अनुसार प्राप्त हुने सवै किसिमको राजस्वलाई राखिने सरकारी कोष ।



सदर

समर्थन वा स्वीकृति ।



सदरमुकाम

जिल्ला अंचल आदिको मुख्य कार्यालय वा प्रशासनिक केन्द्र ठाउँ ।



सदाबर्त

साधुसन्त, गरिबगुरुवा, अतिथि आदिलाई दिइने अन्न, वस्त्र, सिधा आदिको दान ।



सनद

कुनै कामको निकासापुकासा दिन वा बन्दोबस्तका गर्न राणा प्राईमिनिष्टर तथा कमाण्डर-ईन-चिफ दुबैको छाप भएको कागज ।



सनाखत

अपराधको अनुसन्धान गर्दा वा दुर्घटनामा बस्तु वा मानिस चिनाउने काम ।



सन्तान

छोराछोरी, बालबच्चा ।



सन्धि

दुई देश वा अन्तर्राष्ट्रिय संघसंस्थाबीच विभिन्न विषयमा समझदारी गरी गरी लेखिने कागज ।



सन्धिसर्पन

आफ्नो घर, जग्गा, बाटोघाटो, पानीपँधेरो, वनजङ्गल आदि जान आउन अरु कसैको निजी जग्गाजमिनबाट आउन जान कानुनले दिएको सुविधा ।



सबुद

प्रमाण ।



समाह्वान

फौजदारी मुद्दाको कारबाही चल्दै जाँदा प्रतिवादीलाई हाजिर हुन आउनु भनी अदालतबाट पठाइने पुर्जी ।



समिति

कुनै कामको लागि निम्ति बनाइएको वा तोकिएको मानिसको सानोतिनो समूह ।



सम्बन्ध विच्छेद

विवाह आदि वा लेनदेन व्यवहार आदिमा भएको सम्बन्धलाई कारणवश तोड्ने वा विच्छेद गर्ने काम ।



सरकार

देशको शासन सत्ताको प्रमुख एकाइ वा शासक मण्डल ।



सरकारी

सरकारको ।



सरजमीन

मुद्दा मामिलाको सम्बन्धित विषयमा साँध सँधियार छरछिमेकबाट यथार्थ कुरा बुझ्ने काम ।



सरहद

साँध सिमाना ।



सरोकारवाला

सम्बन्ध भएको सम्बन्धित ।



सर्वस्व

सारा सम्पत्ति भएभरको सम्पत्ति हरण गर्ने काम ।



सर्वस्वहरण

भएभरको पूरै सम्पत्ति हर्ने काम ।



सलामी

सलाम गर्दा चढाउने दस्तुर ।



सवाल

अड्डा अदालतको कार्य सुचारु रुपले साचालन होस् भन्नका लागि सम्बन्धित ऐनकानुन अन्तर्गत बनेको नियम ।



सहअभियुक्त

एकै कसुरमा मुख्य अभियुक्तका साथ अभियोग लागेको व्यक्ति ।



सहवरण

निर्वाचनको माध्यमद्वारा पूर्ति गरिएको व्यक्ति कुनै कारणवश बीचमा मुक्त भएमा आधिकारिक संस्थाद्वारा छनौट गरी पूर्ति गर्ने कार्य ।



सही

लिखतमा लेखिएको कुरामा मन्जुरी जनाउने हस्ताक्षर दस्तखत ।



सहिछाप

लिखित कागजपत्रमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर वा औठो नामाङ्कित मुद्रा आदिले लगाइने छाप ।



साउने फागु

सरकार, बिर्तावाल आदिलाई पहिले पहिले रैतिले बुझाउने पागुको रकम ।



साधु

अर्कोसंग पोइल गएकी वा परपुरुषसँग लागेकी स्वास्नीमानिसको विवाहित लोग्ने ।



साबिक

अहिलेको भन्दा अगाडि रहेको ।



साबित

कुनै घटना वा अपराध मैले नै गरेको हो भनी स्वीकार गर्ने काम ।



साधक

आफूले छिन्न नमिल्ने मुद्दामामिलामा आफ्नो राय लेखी निर्णय निम्ति माथिल्लो तहको तालुकवाला अधिकारी वा अड्डामा पठाइने जाहेरी ।



सवाल

राणाकालमा अड्डा अदालतका काम कार्यवाहीको लागी जारी हुने कानुन ।



सावुत

टुटफुट नभएको ।



सार्वजनिक

सबै जनासित सम्बन्धित ।



सार्वभौमसत्ता

राज्यको अन्तिम शक्ति ।



साल तमामी

साल वा वर्षको समाप्ति ।



साक्षी

राम्रो वा नराम्रो कुनै घटना आफ्नो आँखाले देख्ने व्यक्ति घटनास्थलमा स्थत भएको व्यक्ति ।



सिपाही

फौज वा प्रहरी सेवा अन्तर्गतको निम्न तहको कर्मचारी ।



सिम

कहिल्यै पानी नसुक्ने जमिन, जग्गाको चार तहमध्ये तेस्रो तहको राम्रो खेती नहुने जग्गा ।



सुनवाई

मुद्दा मामिलाको विषयमा इजलास समक्ष पेश गर्ने कार्य ।



सुपुर्द

कुनै वस्तु बुझाउने वा जिम्मा लगाउने काम ।



सुराक

अपराधसम्बन्धी विषयमा रुपबाट खोजबीन गरिने कार्य ।



सेर्मा

नापी नभएको पाखा जमिनमा लाग्ने सरकारी पोत ।



सोधनी

सोधाई सोध्ने कार्य ।



सोर्हानी

सोहृ आना बराबरको जमीन ।



स्त्रीधन

स्वास्नीमानिसको पेवाधन, आइमाईलाई दिइएको धन दाइजो ।



स्याहा

आय व्यवको विवरण लेखिने स्रेस्ताको कागज ।



स्वायत्त

कसैको अधीनमा नरहेको ।



स्वामित्व

कुनै वस्तुमाथिको हक अधिकार हुनुको भाव वा मालिकीपन ।



षड्यन्त्र

अरु कसैको अनिष्ट गर्ने उद्देश्यले गुप्त रुपमा गरिदै गरेको तयारी अवस्था ।



हक

कानुनले दिएको कुनै वस्तु उपरको अधिकार ।



हकवाला

कुनै सम्पत्तिमा स्वमित्ववालाको शेषपछि हक वा स्वामित्व पाउने सबभन्दा नजिकको नातेदार मानिस ।



हतकडी

कुनै पनि व्यक्ति भाग्न नदिनका लागि नारीमा लगाइने फलामको बाला ।



हदबन्दी

हद वा सीमा निर्धारण ।



हदम्याद

अड्डा अदालतमा मुद्दा दर्ता गर्न गर्न किटानीसाथ लेखिएको समय अवधि ।



हस्ते

अर्काको हात हुँदै, मार्फत ।



हाकिम

कार्यालय साचालनको जिम्मेवारी लिएको पदाधिकारी ।



हाजिर

उपस्थिति ।



हाजिर जमानी

खोजेको बखत हाजिर हुन आउला भनी लेखिदिने कागज ।



हाडनाता

नजिकको साइनो ।



हाल आबादी

हालै आबाद गरिएको जग्गा जमिन ।



हाल साबिक

साबिकको स्थानमा नयाँ कुरा स्थापित गर्ने काम ।



हिनामिना

आफ्नो जिम्मामा रहेको नगदी जिन्सी मालसामान मास्ने वा खाने कामबाट भएको क्षति वा बरवादी ।



हिरासत

अनुसन्धानका लागि राखिने थुना खोरमा राखिएको अवस्था ।



हुलिया

मानिस वा सरसामानको चिनारी गराउने रुप आकृति बनोट चिन्हको विवरण ।



क्षतिपूर्ति

हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराई दिने काम ।



क्षेत्रीय किताब

एक निश्चित ठाउँको जग्गा जमिनको विवरण लेखेर राखिने पुस्तिका फिल्डबुक ।



Banner
Copyright © 2010 legalnepal.com. All Rights Reserved.
Joomla! is Free Software released under the GNU/GPL License.